‘प्रतिपक्षी दलको नेता वेटिङ प्राइममिनिष्टर हो तर, मलाई चाहना छैन’
खबर एक्सप्रेस
२०७७-११-२२ ११:३७ मा प्रकाशित
Total Shares: 366
काठमाडौं - प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताएका छन्।
शनिबार बूढानीलकण्ठमा आयोजित नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरद्वारा लिखित ‘महाकाण्ड’ नामक पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै देउवाले प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भए पनि आफूलाई प्रधानमन्त्री हुने चाहना नभएको प्रष्ट पारेका हुन् ।
‘प्रतिपक्षी गभर्मेन्ट इन वेटिङ हो । तर पनि मलाई प्रधानमन्त्री हुने चाहना छैन । म प्रधानमन्त्रीको रेसमा छैन ।’ उनले भने । पुनःस्थापित संसद बैठकमा विभाजित नेकपा कसरी प्रस्तुत हुन्छन् त्यसकै आधारमा उपयुक्त निर्णय लिने उनको भनाई छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस