तीनवटा संसदीय समितिको बैठक बस्दै
खबर एक्सप्रेस
२०८०-१२-१९ ०९:०५ मा प्रकाशित
Total Shares: 138
काठमाडौं - आज संघीय संसद्अन्तर्गतका तीनवटा संसदीय समितिको बैठक बस्दै छ ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक आज बिहान ८ बजे बसेको हो । बैठकमा नेपाल वायुसेवा निगमबाट हालसम्म भएका कामकारबाहीका सम्बन्धमा छलफल भइरहेको छ ।
बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा शिक्षा सम्बन्धी विषयमा मन्त्रालयबाट भएका काम कारबाही, समस्या र भावी कार्ययोजना तथा समितिसँगको अपेक्षाका बारेमा छलफल हुनेछ ।
बिहान साढे १० बजे संसदीय सुनुवाइ समितिको बैठक बस्दै छ । बैठकमा प्रस्तावित महालेखा परीक्षक तोयम रायाको सुनुवाइ प्रक्रिया अघि बढाइनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस