आरआरमा खुकुरी प्रहार गर्ने तीन विद्यार्थी निष्कासित
खबर एक्सप्रेस
२०७९-०९-१९ १०:५३ मा प्रकाशित
Total Shares: 273
काठमाडौं-यही पुस १३ गते रत्नराज्यलक्ष्मी क्याम्पस (आरआर)मा बिहान कक्षा सञ्चालन भइरहेका समयमा परिसरभित्र हिंसात्मक गतिविधिमा संलग्न विद्यार्थी कृष्ण गिरी, सवीन निरौला र जलप तामाङलाई क्याम्पसबाट निष्कासन गरिएको क्याम्पस प्रमुख प्रा. डा. जीवनधर ज्ञवालीले जानकारी गराएका छन् ।
आन्तरिक विवादका कारण खुकुरी प्रहारबाट अनेरास्ववियु आरआरका अध्यक्ष मदन भण्डारी, उपाध्यक्ष लोकेश्वर खड्का, पवन खड्का र हर्क बोहरा गरी चारजना विद्यार्थी घाइते भएका थिए ।

.gif)



फेसबुक पेज Like गर्नुहोस