गठबन्धनको बैठक बस्दै
खबर एक्सप्रेस
२०७९-०५-२७ ०८:५१ मा प्रकाशित
Total Shares: 155
काठमाडौं - सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ । प्रधानमन्त्री निवास बालुवाटारमा विहान ८ बजे बस्न लागेको बैठकले सिट बाँडफाँटमा औपचारिक सहमतिको कार्यविधि तयार पार्ने एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिए ।
खनालका अनुसार गठित कार्यदलले प्रस्तुत गरेको प्रतिवेदनमाथि आज थप छलफल हुने छ ।
गठबन्धनमा कांग्रेसले १०० सिट दाबी गरेको छ भने माओवादी केन्द्रले ६०, एकीकृत समाजवादीले ४०, जसपाले ३२ र जनमोर्चाले २ सिटमा दाबी गरेका छन् । सबै दलहरू आफ्नो दाबीबाट पछि हट्न तयार नहुँदा समस्या भइरहेको बताइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस