काठमाडौं, एजेन्सी - पूर्व भारतीय क्रिकेटर सचिन तेन्दुलकर अस्पताल भर्ना भएका छन्। केही दिन अगाडि उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो । तर, चिकित्सकहरुले उनलाई अस्पताल भर्ना हुन भनेपछि आफु अस्पताल भर्ना भएको उनले जानकारी दिएका छन् । 

उनले यसको जानकारी सामाजिक सञ्जालमार्फत दिएका हुन् । उनले आफु चिकित्सकहरुको सल्लाह अनुसार नै अस्पताल भर्ना भएको जानकारी दिएका हुन् ।