इन्डियन प्रिमियर लिग : हैदरावाद र राजस्थान भिड्दै
काठमाडौं,एजेन्सी - युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल)मा आज सनराइजर्स हैदरावाद र राजस्थान रोयलर्सबीच खेल हुँदैछ । खेल नेपाली समयानुसार दिउँसो ३:४५ बजे दुबई अन्तराष्ट्रिय रंगशालामा हुँदैछ ।
लिगमा आफ्नो सातौँ खेलमा हैदरावाद राजस्थानलाई पराजित गर्दै शिर्ष चारमा उक्लिने तयारीमा छ । यता, राजस्थान भने पछिल्ला चार खेलमा पराजित छ ।
हैदरावाद डेविड वार्नरको कप्तानीमा केन विलियन्स, जोन वेरिस्ट्रो, राशिद खानलगायतका अनुभव खेलाडीका साथ मैदान उत्रिदैँछ । राजस्थानमा भने स्टेभ स्मिथ, राहुल तिवाटी, सन्जु स्यामसनलगायतका खेलाडी छन् ।
लिगमा ६ खेलमा ३ जित र ३ मा हार व्यहोर्दै हैदरावाद अंक तालिकाको पाँचौं स्थानमा रहेको छ । राजस्थान ६ खेलमा २ जित र ४ हारसहित तालिकाको सातौँ स्थानमा छ ।
दुबै टोलीबीचको हेड टु हेड आंकडामा हैदरावाद केहि बलियो देखिएको छ । हालसम्म दुवै टोलीबीच खेलिएका खेलमध्ये ६ खेलमा हैदरावाद र ५ मा राजस्थान विजयी भएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस