नेपालमा थप ३ हजार ७५ जनामा कोरोना पुष्टि, ३३ को मृत्यु
खबर एक्सप्रेस
२०७८-०५-०३ ०४:४८ मा प्रकाशित
Total Shares: 216
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा ३०७५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २३२१ र एन्टिजेन विधिबाट ७५४ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहिबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ७ लाख ४२ हजार २२८ र एन्टिजेनबाट ७८ हजार ३७७ जना पुगेको छ ।
यस्तै, आज थप २१२६ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ९१ हजार २९९ जना पुगेको छ । निको हुनेको दर ९३.१ प्रतिशत छ ।
आज संक्रमणबाट थप ३३ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या १० हजार ४२९ पुगेको छ ।
फेसबुक पेज Like गर्नुहोस