नेइमारसहित पाँच खेलाडीलाई रातो कार्ड, पिएसजीको हार
एजेन्सी - फ्रेन्च लिग वानअन्तर्गत पेरिस सेन्ट जर्मेन (पिएसजी) र मार्सेलीबीचको खेल निकै तनावग्रस्त बनेको छ । खेलको दोस्रो हाफको इन्जुरी टाइममा दुवै टिमका खेलाडी झगडामा उत्रिएपछि तनावग्रस्त बनेको हो ।
दुवै टिमका पाँच खेलाडीलाई रातो कार्ड देखाइएको छ । जसमा स्टार खेलाडी नेयमारसहित पिएसजीका तीन खेलाडीले रातो कार्ड खाए। पिएसजीका कुर्जावा र पारेडेसले रातो कार्ड पाए । यस्तै, मार्सेलीका अमाभी र बनेडेटोले पनि रातो कार्ड खाए ।
नेइमारले मार्सेलीका अल्भारो गोन्जालेजलाई इन्जुरी टाइममा थप्पड हानेपछि खेल तनावग्रस्त भएको थियो । त्यसपछि दुवै टिमका खेलाडी आक्रामक हुँदा धकेला धकेल भएको थियो । सो क्रममा रेफ्रिले पाँच रातो कार्डसहित १७ कार्ड देखाएका थिए ।
२१औं शताब्दीको लिग वानमा यो सर्वाधिक कार्ड देखाइएको खेल हो।
पिएसजीको घरेलु मैदानमा भएको खेलमा ५ हजार दर्शक उपस्थित भएका थिए। खेलको ३१ मिनेटमा मार्सेलीले अग्रता लिएको थियो। मार्सेलीका लागि थाउभिनले गोल गरेका थिए। सोही गोल निर्णायक बन्यो ।

.gif)




फेसबुक पेज Like गर्नुहोस