काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र उसका भ्रातृ संगठनहरुले बिभिन्न कार्यक्रम गरी बिहीबार २५ औं जनयुद्ध दिवस मनाउँदैछन् ।

नेकपा केन्द्रीय कार्यालयको आयोजनामा पार्टी कार्यालय धुम्बाराहीमा आयोजना गरिएको श्रद्धाञ्जलीसभा कार्यक्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)  सहभागी छन् । तर कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली पनि सहभागी हुने भनिए पनि ओली सहभागी छैनन् । कार्यक्रममा वामदेव गौतम, गृहमन्त्री रामबहादुर थापा 'बादल' महासचिव विष्णु पौडेल र अन्य नेताहरु सहभागि छन् । 

यसअघि नेकपा केन्द्रीय कार्यालयका सचिवद्वय ईश्वरी रिजाल र श्रीराम ढकालले संयुक्त रुपमा सूचना जारी गरी ओली र प्रचण्ड दुवैको सहभागीतामा कार्यक्रम हुने जानकारी दिएका थिए । यद्यपी उनी के कारणले सहभागि नभएको भन्ने खुलेको छैन ।

ओली जनयुद्ध दिवसको अवसरमा अघिल्लो वर्ष आयोजना गरिएको कार्यक्रममा पनि सहभागी भएका थिएनन् ।