थप ४२६ जनामा कोरोना पुष्टि, ८ को मृत्यु
खबर एक्सप्रेस
२०७७-०९-१७ ०४:१२ मा प्रकाशित
Total Shares: 301
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४२६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२६ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार १९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ७४८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५३ हजार १०७ संक्रमणमुक्त भएका छन् । आज कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ८६४ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ६ हजार ४८ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस