नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १२० पुग्याे
खबर एक्सप्रेस
२०७७-०५-०३ ०४:३३ मा प्रकाशित
Total Shares: 297
काठमाडौं - विगत २४ घण्टामा नेपालमा कोरोनाभाइरस सङ्क्रमणबाट थप छ जनाको मृत्यु भएको र ६८१ नयाँ सङ्क्रमित फेला परेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।
यो वृद्धिसँगै कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या १२० पुगेको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या २८,९३८ पुगेको छ।
अहिले देशभरि ११,११८ जनामा सक्रिय सङ्क्रमण भएको जानकारी बुधवार अपराह्न आयोजित दैनिक प्रेस ब्रीफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दिए।
फेसबुक पेज Like गर्नुहोस