काठमाडौं - नेपाल प्रहरीका ३४ जना प्रहरी उपरीक्षक (एसपी)को सरूवा भएको छ। 

प्रहरी महानिरीक्षकको आइतबारको निर्णयानुसार पुस महिनादेखिको तलब, भत्ता सरूवा भएको दरबन्दीबाट खान पाउने गरी ३४  एसपीको सरूवा गरिएकाे हो ।

जिल्ला प्रहरी कार्यालय झापामा सानुराम भट्टराईको काठमाडौं उपत्यका विशेष सुरक्षा गण त्रिपुरेश्वरमा सरुवा भएको छ भने झापामा विश्वमणि पोखरेललाई पठाइएको छ । त्यस्तै, कञ्चनपुरमा श्यामसिंह चौधरी, बारामा दिलीपसिंह देउवा तथा काभ्रेमा चक्रराज जोशीको सरुवा गरिएको छ ।