प्रस्तावित प्रधानन्यायाधीश कार्कीसँग सांसदहरूको सवालजवाफ शुक्रबार
काठमाडौं-प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग सांसदहरुको सवालजवाफ भोलि शुक्रबार हुने भएको छ। संसदीय सुनुवाइ समितिको भोलिको बैठकमा सांसदहरूको सवालजवाफ हुन लागेको हो।
आज सिंहदरबारमा बसेको समितिको बैठकमा उपस्थित भएका उनलाई भोलि पनि सुनुवाइका लागि बोलाइएको हो। समितिको बैठक भोलि बिहान ८ बजे सिंहदरबारमै बस्नेछ। बैठकमा कार्कीलाई समिति सदस्यहरूले जिज्ञासा राख्नेछन्।
संसदीय सुनुवाइ समितिमा नेपाली कांग्रेस र नेकपा एमालेका तर्फबाट ५/५ जना छन्। माओवादी केन्द्रबाट २ जना र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीको तर्फबाट १/१ जना समितिमा रहेका छन्।
हाल कार्की कामु प्रधानन्यायाधीश छन्। प्रधानन्यायाधीशको नियुक्ति संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि राष्ट्रपतिले गर्ने व्यवस्था छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस