काठमाडौं - स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना विजयी बनेको छ । मंगलबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिडलाई ५–१ गोलको अन्तरले पराजित गर्दै विजयी बनेको हो । 

घरेलु मैदानमा बार्सिलोनाका लागि कप्तान लियोनल मेस्सीले २ गोल गरे । उनले खेलको ३४ औं र ७५ औं मिनेटमा गोल गरेका हुन् । त्यस्तै क्लेमेन्ट लेंगलेटले खेलको २ मिनेट जाँदा पहिलो गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए ।

यसका साथै बार्सिलोनालाई जिताउनका लागि अर्टुरो भिदालले २९ औं मिनेटमा, लुइस स्वरेजले ७७ औं मिनेटमा गोल गर्दै रियल भालाडोलिडलाई पराजित गरेका हुन् ।

रियल भालाडोलिडका लागि किकोले एक गोल गरे । उनले खेलको १५ औं मिनेटमा गाले गरेका हुन् ।