काठमाडौं - नेपाल सरकारको यात्रा प्रतिबन्ध उल्लघंन गर्दै विदेशबाट विभिन्न एयरलाइन्सले शनिबार ६१ नेपाली यात्रुलाई काठमाडौं ल्याएको छ । एयर इन्डिया र थाइ एयरवेज शनिबार दिउँसो भारत, जापान, मलेसियाबाट नेपाली यात्रु बोकेर काठमाडौं आएको हो ।
तर सरकारले शुक्रबार राति १२ बजेपछि युरोप, खाडी, इरान, जापान, दक्षिण कोरिया र मलेसियाबाट कुनै पनि यात्रु नेपाल आउन नपाउनेगरी प्रतिबन्ध लगाएको थियो ।
यात्रा प्रतिबन्ध उल्लंघन गर्दै नेपाल ल्याइएका यात्रुहरूलाई क्वारेन्टाइनका लागि खरिपाटी पठाउने तयारी गरेको बताएको छ । स्रोतका अनुसार आफूखुसी नेपाल आएका उनीहरु १४ दिन क्वारेन्टाइनमा बस्ने र त्यस अवधिसम्म उनीहरुले नै खर्च व्यहोर्नुपर्ने छ ।
सरकारी निर्णय अटेर गरी काठमाडौंमा यात्रु बोकेर आउने एयरलाइन्स कम्पनीहरूलाई पनि कारबाही गर्नका लागि नागरिक उड्डयन प्राधिकरणको ध्यानाकर्षण गरिएको जनाइएको छ ।

.gif)


