पछिल्लो २४ घण्टामा थप २१६ जनामा कोरोना संक्रमण
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप २१६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५९६२ र एन्टिजेन विधिबाट १६६९ जनामा परिक्षण गर्दा २१६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ८ लाख २८ हजार ९८६ र एन्टिजेनबाट ९६ हजार २४५ जना पुगेको छ ।
यस्तै, आज थप २०९ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख १२ हजार ४१९ जना पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणबाट थप २ जनाको मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ११ हजार ५९६ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ४ हजार ९७१ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस