काठमाडौं - नेकपा प्रचण्ड–माधव पक्षले पार्टी विवादबारे पुन निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको छ ।  शुक्रबार अध्यक्षद्धय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले हस्ताक्षर गरेको ५ पेज लामो पत्र बुझाउँदै आयोगको ध्यानाकर्षण गराएको हो । 

आज आयोग पुगेका नेता राजेन्द्र पाण्डेले विवाद निरुपण छिट्टै गर्नका लागि पत्र बुझाएको जानकारी दिए । पाण्डेसँगै नेताहरु लीलामणि पोखरेल, कृष्णभक्त पोखरेल र रामनारायण बिडारी आयोग कार्यालय कान्तिपथ पुगेका थिए ।