देउवालाई महन्थ ठाकुरले दिए सफल कार्यकालको शुभकामना
काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने बताएका छन् ।
प्रतिनिधिसभामा प्रधानमन्त्री देउवाले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावमाथिको छलफलमा भाग लिँदै ठाकुरले बधाईसँगै सफल कार्यकालको शुभकामना दिएका हुन् । 'प्रधानमन्त्री शेरबहादुर देउवाजीलाई हार्दिक बधाई दिन चाहन्छु । र, मेरो हार्दिक शुभकामना पनि छ । उहाँले जुन प्रस्ताव राख्नुभएको छ । त्यसको समर्थनमा मत दिन्छु' उनले भनेका छन् । उनले थपे, ‘हामी मत त दिन्छौं तर उत्पीडितले केही पाउँदैन । प्रधानमन्त्री त परमादेशले नै बनेको हो जनताको आदेशले होइन ।’
यसअघि प्रधानमन्त्री देउवाले महन्थ ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस