झ्याप्लेखोला पहिरोमा थप तीनवटा शव फेला
खबर एक्सप्रेस
२०८१-०६-१३ १०:४२ मा प्रकाशित
Total Shares: 79
काठमाडौं- त्रिभुवन राजपथअन्तर्गत पर्ने धादिङको झ्याप्ले खोला क्षेत्रमा थप तीन वटा शव भेटिएका छन् । शनिवार बिहान एउटा बस पुरिएको अवस्थामा भेटिएपछि निकाल्ने क्रममा ती शव भेटिएका हुन् । उक्त बस गोरखाबाट शुक्रवार बिहान काठमाडौंबाट छुटेर सम्पर्कविहीन भएको हुन सक्ने आशंका गरिएको छ । तर त्यही हो भनेर यकिन भइनसकेको प्रहरीले जनाएको छ । धादिङको झ्याप्ले खोलामा पहिरोमा पुरिएको बस र माइक्रो बसबाट शनिवार १४ जनाको शव निकालिएको थियो ।
फेसबुक पेज Like गर्नुहोस