काठमाडौं, एजेन्सी - बलिउड अभिनेता अक्षय कुमारको फिल्म सुर्यवंशी कोरोनाका कारण रिलिज हुन पाएको छैन । लामो समयदेखि रिलिज फिल्म रिलिज हुन नसकेपछि फिल्म निर्माण कम्पनीलाई ठुलो घाटा लाग्ने अनुमान गरिएको थियो ।

अब भने फिल्म रिलिज गर्ने तयारीमा फिल्म युनिट पुगेको बताइएको छ । मिडिया रिपोर्टका अनुसार सुर्यवंशी अगस्ट १५ मा रिलिज हुने सम्भावना रहेको छ ।

थियटरमा नै अगस्ट १५ मा फिल्म रिलिज गर्ने तयारी भएको मिडिया रिपोर्टमा उल्लेख छ । यो फिल्मको ट्रेलरलाई फ्यानहरुले व्यापक रुचाएका थिए । तर, कोरोना महामारीका कारण फिल्म समयमा रिलिज हुन पाएको छैन ।