बायर्नलाई पाखा लगाउँदै पीएसजी च्याम्पियन्स लिगको सेमिफाइनलमा
काठमाडौं,एजेन्सी - फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) युईएफए च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश गरेको छ ।
गएराति भएको क्वाटरफाइनलको दोस्रो लेगमा साविक विजेता जर्मन क्लब बायर्न म्युनिखसँग १-०ले पराजित भएपनि समग्रमा ३–३ गोलको बराबरी भएपछि अवे गोलको आधारमा पीएसजीले अन्तिम चारको यात्रा तय गरेको हो ।
पीएसजीको मैदानमा भएको दोस्रो लेगको ४०औं मिनेटमा इरिक म्याक्सिम चुपो मोटिङले गोल गर्दै बायर्नलाई अग्रता दिलाएका थिए । तर, बााकी समयमा थप गोल हुन नसक्दा पीएसजी कै पुर्व फरवार्ड रहेका मोटिङको गोल काम लागेन । योसँगै डिफेन्डिङ च्याम्पियन बायर्न क्वाटरफाइनलबाट बाहिरिदा साविक उपविजेता पीएसजीले भने अन्तिम चारको यात्रा तय गर्न सफल भयो ।
पीएसजीले पहिलो लेगमा बायर्नलाई उसकै मैदानमा ३-२ ले पराजित गरेको थियो ।

.gif)



फेसबुक पेज Like गर्नुहोस