काठमाडौं उपत्यकामा थप २०८ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-०९-१२ ०४:२९ मा प्रकाशित
Total Shares: 275
काठमाडौं - काठमाडौं उपत्यकामा थप २०८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
काठमाडौंमा १७५, भक्तपुरमा ६ र ललितपुरमा २७ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै, आज नेपालमा पछिल्लो थप ४८१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ५८ हजार १८१ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ६ हजार ४९३ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस