काँग्रेसको अहिलेको माग चुनाव हैनः प्रवक्ता शर्मा
खबर एक्सप्रेस
२०७६-१२-२३ ०१:२८ मा प्रकाशित
Total Shares: 280
काठमाडौं - काँग्रेस प्रवक्ता विश्व प्रकाश शर्माले पार्टीको अहिलेको माग चुनाव नभएका् प्रष्ट पारेका छन् ।
प्रवक्ता शर्माले ट्विटरमा लेख्दै व्यक्तिगत मतहरु व्यक्तिगत नै हुने भन्दै यस्ता मतलाई पार्टीसँग जोडेर हेर्न नमिल्ने बताए ।
शर्माले संकटको घडीमा जिम्मेवार ढंगले सरकारलाई साथ दिने तर ढिलासुस्ती, अनियमितता र भ्रष्टाचार विरुद्ध खरो उत्रने पनि उल्लेख गरेका छन् ।
यसअघि वरिष्ट नेता रामचन्द्र पौडेलले सहमतिय सरकार र सह महामन्त्री प्रकाशशरण महतले मध्यावधि निर्वाचनको कुरा सार्वजनिक गरेका थिए ।
फेसबुक पेज Like गर्नुहोस