स्वास्थ्यमा समस्या देखिएपछि रजनीकान्त अस्पताल भर्ना
खबर एक्सप्रेस
२०७७-०९-१० ०३:२० मा प्रकाशित
Total Shares: 448
काठमाडौं,एजेन्सी - भारतीय चलचित्र क्षेत्रका सुपरस्टार रजनीकान्त स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्।
उच्च रक्तचापको समस्याका कारण उनलाई हैदरावादस्थित अपोलो अस्पतालमा भर्ना गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। ७० वर्षीय अभिनेता राजनीकान्तलाई अन्य स्वास्थ्य समस्या भने देखिएको छैन।
रजनीकान्त १० दिनयता फिल्म 'अन्नाथ्थे' छायाँकनका लागि हैदरावादमा थिए। छायाँकनमै संलग्न आठ जनालाई कोभिड-१९ संक्रमण देखिएपछि रजनीकान्तको पनि डिसेम्बर २२ मा परीक्षण गरिएको थियो। उनमा संक्रमण पुष्टि भएन। तर, पनि उनी आइसोलेसनमा रहेका थिए।
फेसबुक पेज Like गर्नुहोस