काठमाडौं - बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुरसिंह लामा नियुक्त भएका छन् ।

प्रदेश प्रमुख यादवचन्द्र शर्माले नेपाली कांग्रेस संसदीय दलका नेता लामालाई मंगलवार मुख्यमन्त्री पदमा नियुक्त गरेका हुन् ।

उनलाई आफ्नै दल कांग्रेसका ३७, नेकपा (एमाले)का २७ गरी ६४ जना प्रदेशसभा सदस्यको समर्थन रहेको छ ।

लामाको शपथग्रहण भोलि ११ बजे बिहान हुने जनाइएको छ ।