चीनमा रहेका नेपालीबारे पनि नियमित जानकारी लिन प्रधानमन्त्री ओलीको निर्देशन
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले चीनबाट फर्काइने नेपालीलाई राख्ने स्थानको व्यवस्था गर्न निर्देशन दिएका छन् ।
उनीहरूलाई कहाँ राख्ने, कसरी सम्बोधन गर्ने भन्नेमा बढी केन्द्रित हुन र चीनमा रहेका नेपालीबारे पनि नियमित जानकारी लिन प्रधानमन्त्री ओलीले भनेका छन्।
यसबारे उनले स्वास्थ्य, परराष्ट्र, गृह, रक्षा, पर्यटनलगायत सरोकारवाला मन्त्रालयका मन्त्री एवं सचिवसँग छलफल गरे। उनले चीनमा कोरोनाको महामारी र त्यहाँ रहेका नेपालीको अवस्थाबारे जानकारी लिएका थिए।
नेपालीलाई फर्काउन प्रक्रिया प्रधानमन्त्री केपी ओलीले शुरू भएपछि प्रधानमन्त्रीले क्वारेन्टाइन चेक, अस्पतालमा राख्नुपर्दाको अवस्था सतर्कतालगायतमा चासो देखाएका हुन्।
अन्नपूर्ण पोस्टबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस