दुई वर्षपछि पहिलोपटक हार्यो स्पेन
खबर एक्सप्रेस
२०७७-०६-२८ १०:०१ मा प्रकाशित
Total Shares: 293
काठमाडौं,एजेन्सी - नेसन्स लिग फुटबलमा युक्रेनले स्पेनविरुद्ध जित निकालेको छ ।
गएराति भएको खेलमा स्पेन युक्रेनसंग १–० ले पराजित भएको हो । स्पेनले पछिल्लो करिब दुई वर्षपछि पहिलो हार व्यहोरेको हो ।
बैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका भिक्टोर स्यागान्कोभले युक्रेनका लागि विजयी गोल गरे ।
खेलमा स्पेनले धेरै अवसर पाएको थियो तर गोल भने गर्न सकेन । करिब १५ हजार दर्शकलाई मैदान प्रवेशको अनुमती प्रदान गरिएको थियो ।
पछिल्लो समय स्पेनले सन् २०१८ को नोभेम्बरमा क्रोएसियासंग ३–२ ले हार ब्यहोरेको थियो

.gif)



फेसबुक पेज Like गर्नुहोस