काठमाडौं - सुनचाँदी व्यवसायी महासंघले सुनको मूल्य घटेको जनाएको छ । शुक्रबार महासंघले नेपाली बजारमा सुनको मूल्य घटेको  जनाएको हो  ।

महासंघका अनुसार बिहिबार प्रतितोला ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य शुक्रबार प्रतितोलामा ५ सय रुपैयाँले घटेर ९० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको  छ । यस्तै, तेजाबी सुन प्रतितोला ९० हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको  छ ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । शुक्रबार चाँदी प्रतितोलामा ५ रुपैयाँले बढेर ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको  महासंघले जनाएको छ ।