काठमाडौं - काभ्रेको रोशी गाउँपालिकामा गोली चलेको छ । बुद्धचित्तको माला लुटपाट गर्न आएको समूहले गोली चलाएको जिल्ला प्रहरी कार्यालय, काभ्रेले जनाएको छ ।

लुटपाट गर्ने क्रममा गोली चल्दा पाँच जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ ।

गाउँपालिकाको सिपालीमा सोमरानी तामाङ र विरबहादुर लामाको बुद्धचित्त लुटपाट गर्ने क्रममा शुक्रबार बिहान गोली चलेको हो ।

अहिले प्रहरीको टोली घटनास्थल गइरहेको र विस्तृत विवरण आउन केही समय लाग्ने बताइएको छ । लुटेराले बाटो अबरोध गर्न बमलगायतका सामान राखेकोले घटनास्थलमा पुग्ने करिब एक घण्टा लाग्ने प्रहरीले जनाएको छ ।