हेटौँडा - वाग्मती प्रदेशको भौतिक पूर्वाधार विकासमन्त्रीमा काठमाडौँका रामेश्वर फुयाँल नियुक्त हुनुभएको छ ।

उनलाई मुख्यमन्त्री डोरमणि पौडेलले  मंगलबार भौतिक पूर्वाधार विकासमन्त्रीका रुपमा नियुक्त गर्नुभएको हो । उहालाई आज ४:००  बजे  शपथग्रहण गराइने मुख्यमन्त्रीको कार्यालयले जनाएको छ ।    

यसअघि संविधानसभा सदस्यसमेत रहनुभएका फुयाँल लामो राजनीतिक यात्रापछि पहिलोपटक मन्त्री बन्न लागेका हुन् ।

तत्कालीन भौतिक पूर्वाधार विकासमन्त्री केशव स्थापितलाई मुख्यमन्त्री पौडेलले वर्खास्त गरेपछि रिक्त रहेको मन्त्रालयको काम मुख्यमन्त्री पौडेल आफैँले सम्हाल्दै आउनुभएको थियो ।    

वाग्मती प्रदेशका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रमुख सचेतक रहनुभएका फुयाँल गाविस अध्यक्ष, जिल्ला विकास समितिको उपसभापति, संधिानसभा सदस्य, प्रदेशसभा सदस्य हुँदै मन्त्री बन्न लागेका हुन ।