काठमाडौं - स्पेनिस लिग ला लिगामा एट्लेटिको मड्रिडले एट्लेटिको बिल्बाओलाई २-० गोलले पराजित गरेको छ ।

एट्लेटिकोलाई जित दिलाउन सउल निगुएज र अल्भारो मोरटाले एक एक गोल गरे । एट्लेटिकोका लागि खेलको २८ औं मिनेटमा निगुएजले गोल गरे ।

खेलको ६४ औं मिनेटमा मोरटाले गोल गरे । एट्लेटिको १० खेलमा १९ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ ।

एक खेल कम खेलेको बार्सिलोनाको पनि १९ अंक रहेको छ । बिल्बाओ १० खेलमा १३ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।