बेनेभेन्टोसँग बराबरीमा रोकियो युभेन्ट्स
काठमाडौं,एजेन्सी - इटालियन सिरी 'ए' फुटबलमा साविक विजेता युभेन्ट्स बराबरीमा रोकिएको छ ।
गएराति भएको खेलमा १० खेलाडीमा समेटिएको युभेन्ट्स बेनेभेन्टोसँग १-१ गोलको बराबरीमा रोकिएको हो ।
बेनेभेन्टोको मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा युभेन्ट्स अंक बाड्न बाध्य भएको हो । खेलको २१ औं मिनेटमा अल्भारो मोराटाको गोलबाट युभेन्ट्सले अग्रता बनाएको थियो ।
तर, पहिलो हाफको इन्जुरी समयमा गाईटानो लेटिजियाले गोल गर्दै बेनेभेन्टोलाई १-१ गोलको बराबरीमा ल्याएका थिए । त्यसपछि दोस्रो हाफमा दुबै टिमले थप गोल गर्न सकेनन् र खेल बराबरीमा सकियो ।
यस्तै खेलको इन्जुरी समयमा मोराटाले रातो कार्ड पाएपछि युभेन्ट्स १० खेलाडीमा समेटिएको थियो । यस बराबरीसँगै युभेन्ट्सले ९ खेलमा १७ अंक जोडेको छ । युभेन्ट्स पाँचौं स्थानमा रहेको छ । बेनेभेन्टो १० अंक जोडेर १२ औं स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस