एजेन्सी - सिरि ए फुटबलमा साविक विजेता युभेन्ट्सले नयाँ सिजनमा विजयी सुरुवात गरेको छ ।

गएराति घरेलु मैदानमा भएको खेलमा युभेन्टसले साम्पोडियालाई ३–० गोल अन्तरले हराएको हो ।

खेलको १३ औं मिनेटमा डेजन कुलुसेवस्कीले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाए । उनले स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको पासलाई सदुपयोग गर्दै गोल गरे ।

७८ औं मिनेटमा लियोनार्दो बोनुचीले युभेन्ट्सको अग्रता दोब्बर बनाए । खेल सकिन दुई मिनेट बाँकी छदाँ रोनाल्डोले गोल गर्दै युभेन्ट्सलाई सहज जित दिलाए ।

प्रशिक्षक आन्द्रे पिर्लोले सिरि एको पहिलो खेलमा जित दर्ता गर्न सफल रहे ।