काेराेनाबाट स्पेनमा एकैदिन ७४८ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७६-१२-१९ ०८:०३ मा प्रकाशित
Total Shares: 275
एजेन्सी - युरोपेली देश स्पेनमा कोरोना भाइरसको संक्रमणबाट एकैदिन ७ सय ४८ जनाको मृत्यु भएको छ । कोरोनाबारे अपडेट दिने वल्र्डोमिटरका अनुसार पछिल्लो २४ घण्टामा करिब ८ हजार नयाँ संक्रमित भएका छन् ।
यहाँ अहिलेसम्म मृत्यु हुनेको संख्या ८ हजार ४ सय ६४ पुगेको छ ।कूल संक्रमितको संख्या ९५ हजार ९ सय २३ पुगेको छ भने ५ हजार ६ सय ७ जनाको अवस्था गम्भीर छ । यद्यपि, १९ हजार २ सय ५९ जना निको भएर घरसमेत फर्किएका छन् ।
फेसबुक पेज Like गर्नुहोस