दिउँसै लालटिन बालेर संसद् विघटनको विरोध
खबर एक्सप्रेस
२०७७-०९-२२ ०१:४३ मा प्रकाशित
Total Shares: 420
काठमाडौं - संसद् विघटनविरुद्धको दोस्रो चरणको आन्दोलनअन्तर्गत नेकपाको विद्यार्थी संगठन अनेरास्ववियुले लालटिन बालेर प्रदर्शन गरेका छन्।
अनेरास्ववियुले रञ्जित तामाङकाे नेतृत्वमा बुधबार माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म दिउँसै लालटिन बालेर प्रदर्शन गरेकाे हो । उनीहरुले ‘दिउँसै लालटिन बाल्यौं है, संसद् विघटनको धारा खै ?’ लगायत नारा तथा ब्यानरसमेत प्रदर्शन गरेका छन् ।
संसद् विघटनको सिफारिस गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम असंवैधानिक भएको भन्दै विभाजित अनेरास्ववियु सडकमा आएको हो । प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए।

.gif)



फेसबुक पेज Like गर्नुहोस