ललिता निवास प्रकरणमा तीन जनालाई पक्राउ गर्नुको कारण पेश गर्न सर्वोच्चको आदेश
खबर एक्सप्रेस
२०८०-०३-१५ ०४:५२ मा प्रकाशित
Total Shares: 129
काठमाडौं-ललिता निवासको जग्गा हिनामिना प्रकरणमा पक्राउ परेका तीन जनाले दिएको बन्दी प्रत्यक्षीकरणको रिटमा सर्वोच्चले कारण देखाऊ आदेश दिएको छ।
बिहीबार पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाह, भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङ र मालपोत कार्यालयका पूर्वकर्मचारी धर्मप्रसाद गौतमले बन्दी प्रत्यक्षीकरणको निवेदन दिएका थिए। उक्त मुद्दामा आज सर्वोच्चले गृह मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको हो।
सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी भएको फेला परेपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबीले अनुसन्धान गरिरहेको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस