घरेलु मैदानमा एट्लेटिकोलाई बायर्नको चुनौती
खबर एक्सप्रेस
२०७७-०८-१६ ०२:१६ मा प्रकाशित
Total Shares: 874
काठमाडौं,एजेन्सी - यूईएफए च्याम्पियन्स लिग फुटबलमा आज साविक विजेता बायर्न म्युनिख र स्पेनिस क्लब एट्लेटिको मड्रिडबीच प्रतिस्पर्धा हुँदैछ ।
जर्मन क्लब बायर्नले एट्लेटिकोलाई उसकै घरेलु मैदानमा चुनौती दिन लागेको हो । खेल नेपाली समय अनुसार राति १:४५ बजे सुरु हुनेछ ।
एट्लेटिको मैदानमा बायर्न जित निकाल्दै अपराजित यात्रा कायम राख्ने लक्ष्यमा हुनेछ ।
समूह एको बायर्न ४ खेलमा अपराजित रहदै १२ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । बायर्न च्याम्पियन्स लिगको नकआउट चरणमा पुगिसकेको छ ।
यता, घरेलु टिम भने बायर्नलाई हराएर अन्तिम १६ को यात्रा कायम राख्ने तयारीमा छ । समूहको दोस्रो स्थानमा रहेको एट्लेटिको ५ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस