सेफिल्डमाथि लेष्टरको जित
काठमाडौं, एजेन्सी - इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटीले जित निकालेको छ ।
गएराति भएको खेलमा लेष्टरले सेफिल्ड युनाईटेडलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
सेफिल्डको मैदानमा लेष्टरलाई जित दिलाउन आयोज परेज र जेमी भार्डीले एक/एक गोल गरे । सेफिल्डका ओलिभर म्याकब्रुनीले एक गोल फर्काए ।
खेलको २४ औं मिनेटमा परेजले गोल गर्दै लेष्टरलाई अग्रता दिलाएका थिए । तर, खेलको २६ औं मिनेटमा ओलिभरले गोल गर्दै सेफिल्डलाई १-१ गोलको बराबरीमा ल्याए । त्यसपछि खेलको ९० औं मिनेटमा भार्डीले गोल गर्दै लेष्टरलाई २-१ को जित दिलाए ।
जितसँगै लेष्टर लिगको तेस्रो स्थानमा उक्लिएको छ । लेष्टरले ११ खेलमा २१ अंक जोडेको छ । सेफिल्ड १ अंक जोडेर पुछारमा रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस