खेलाडीहरुको तलब कटौती गर्दै बार्सिलोना
खबर एक्सप्रेस
२०७६-१२-१० ०९:४५ मा प्रकाशित
Total Shares: 302
काठमाडौं - कोरोना भाइरसका कारण फुटबलमा ठुलो आर्थिक क्षति भएको छ । धनी क्लबहरुले उच्च मुल्य तिरेर खेलाडीलाई अनुबन्ध गर्दै आइरहेका छन् । तर, यसपटक भने भाइरसका कारण हरेक क्लबलाई नमिठो झट्का लागेको छ ।
खेल खेलाउनै नपाएपछि क्लबहरुलाई ठुलो नोक्सानी भएको छ भने महँगा खेलाडीहरुलाई तलब खुवाउनै कठिन भएको छ । बार्सिलोना पनि यसै समस्याको मारमा परेको छ ।
बार्सिलोनाले आफ्ना खेलाडीहरुको तलब कटौतीबारे छलफल गर्ने बताएको छ । अन्य धेरै क्लबले तलब कटौती गरिसकेका छन् । बार्सिलोनाले भने खेलाडीहरुसँग छलफल गरेर निर्णय गर्ने बताएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस