काठमाडौं - मदन पुरस्कार गुठीले लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह संवत् १७१९–२०२० पुस्तकका लागि भगिराज इङ्नामलाई वर्ष २०७७को मदन पुरस्कार दिने निर्णय गरेको छ । 

बिहीबार गुठीले विज्ञप्ति जारी गरेर दिएको जानकारीअनुसार गुठीको बैठकले ‘नेपाली इतिहासका प्राथमिक सामग्रहरूको संकलन र पहुँचलाई विस्तार गरेकाले लिम्बूवानको ऐतिहासिक दस्तावेज संग्रह संवत् १७१९–२०२० पुस्तकका लागि भगिराज इङ्नामलाई वर्ष २०७७को मदन पुरस्कार दिने निर्णय गरेको हो । 

मदन पुरस्कारका लागि दुई सय २२ पुस्तकमध्येबाट नौवटा छनौटमा परेका थिए । यस्तै बैठकले सात दशकदेखि नृत्य क्षेत्रको उन्नयनमा समर्पित रहेका भैरवबहादुर थापालाई वर्ष २०७७ सालको जगदम्बा श्री प्रदान गर्ने निर्णय गरेको गुठीले जनाएको छ ।