काठमाडौं, एजेन्सी - आर्सनलले ला लिगा क्लब एट्लेटिको मड्रिडका मिडफिल्डर थोमस पार्टेलाई अनुबन्धन गरेको छ ।

२७ वर्षिया घानाका मिडफिल्डर थोमसलाई आर्सननले ५० मिलियन युरोमा अनुबन्धन गरेको हो । थोमसले पछिल्लो सिजनमा ३५ खेलमा ३ गोल गरेका थिए ।

उनी सन् २०११ मा एट्लेटिकोमा आबद्ध भएका थिए । उनले ला लिगा क्लबबाट १ सय ८८ खेल खेलेका छन् ।