जसपाको आधिकारीकता उपेन्द्र यादवलाई
काठमाडौं - निर्वाचन आयोगले जनता समाजवादी पार्टी (जसपा)को आधिकारीकता उपेन्द्र यादव पक्षलाई दिएको छ । आज आयोगले ‘हेड काउन्ट’ को आधारमा यस्तो निर्णय गरेको हो ।
जनता समाजवादी पार्टीमा अध्यक्षद्वय महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच विवाद बढ्दै गएपछि यादवले पार्टीको आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा निवेदन दिएका थिए ।
आयोगले विवाद निरुपणका लागि इजलास गठन गरेर सुनुवाइ गर्दै आएको थियो । उसले केन्द्रीय कार्यकारिणी समितिमा रहेका ५१ सदस्यसहित हाजिर हुन दुबै पक्षलाई आदेश गरेको थियो ।
आयोगले ‘हेड काउन्ट’ को आधारमा सनाखत गर्दा उपेन्द्र यादवको पक्षमा ३४ .सदस्यले हस्ताक्षर गरेका छन् । त्यस्तै महन्थ ठाकुरको पक्षमा १६ सदस्य मात्रले हस्ताक्षर गरेका थिए । नेता रेशम चौधरी भने दुबै पक्षमा खुलेनन् ।
यो सँगै जसपा आधिकारीकरुपमा फुटेको छ ।
फेसबुक पेज Like गर्नुहोस