भोटेकोशीको आईपीओ पुनः खुल्यो
काठमाडौं - भोटेकोशी जलविद्युत कम्पनीको आईपीओ पुनः आजदेखि निष्काशन तथा बिक्री खुला हुने भएको छ ।
निषेधाज्ञाको कारण बैशाख २४ गतेदेखि बिक्री बन्द गरिएको आईपीओ आज मंगलबारदेखि पुनः बिक्री खुला हुने भएको हो ।
कम्पनीले प्रतिशेयर १०० अंकितमूल्यका ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो। निष्काशन गरिएको कुल शेयरमध्ये ३० प्रतिशत अर्थात् १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाँउपालिका वडा नं १ र ५, बाह्रबिसे नगरपालिका वडा नं ५ र ६ तथा बाह्रबिसे नगरपालिका वडा नं ७ र ८ मा स्थायी बसोबास गर्ने बासिन्दाहरुमा बाँडफाँट गरिनेछ।
बाँकी ७० प्रतिशत अर्थात् ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाको अन्य क्षेत्रमा बसोबास गर्ने बासिन्दाहरुले आवेदन दिन पाउनेछन्।
स्थानीयले न्यूनतम ५० र अधिकतम ४०० कित्तासम्मको लागि आवेदन दिन पाउने छन् । म्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइमएई क्यापिटल रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस