थप ४२१ जनामा कोरोना पुष्टि
खबर एक्सप्रेस
२०७७-०९-१९ ०४:३४ मा प्रकाशित
Total Shares: 252
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४२१ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ८५९ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६३७ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५४ हजार ४९४ संक्रमणमुक्त भएका छन् । आजको कोरोनाबाट थप ८ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ८ सय ७८ पुगेको छ ।
नेपालमा हाल संक्रिय संक्रमितको संख्या ५ हजार ४८५ रहेको छ ।
फेसबुक पेज Like गर्नुहोस