आईपीएलको अक्सनमा सन्दीप छनोट, न्युनतम मूल्य ४० लाख भारु
काठमाडौं - भारतको चर्चित फ्रेन्चाईज क्रिकेट लिग इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनका लागि नेपालबाट सन्दीप लामिछाने मात्रै छनोट भएका छन् ।
आईपीएलले अक्सनका लागि छनोट गरेको अन्तिम २ सय ९२ खेलाडीको सूचीमा नेपालबाट सन्दीप अटाएको बिसिसिआईले जनाएको छ। अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको छ । लेग स्पिनर सन्दीपले यस अघि तीन सिजन आईपीएल खेलिसकेका छन् ।
कूल १ हजार ९७ खेलाडीले नाम दर्ता गराए पनि सहभागि फ्रेन्चाइजले आफ्नो सूची बनाएपछि अक्सनमा २९२ खेलाडी मात्र समावेश हुने भएका छन्। भारतका १६४ र ओभरसिज १२५ खेलाडी अक्सनमा सहभागी हुनेछन्।
नेपालबाट अक्सनका लागि ८ खेलाडीले नाम दर्ता गराएका थिए । अक्सनका लागि क्यानले पठाएको खेलाडीको सूचीमा सन्दीपसंगै सोमपाल कामी, करण केसी, शरद भेषवाकर, दिपेन्द्र सिंह ऐरी, विनोद भण्डारी, कुशल मल्ल र अविनास बोहोरा थिए
तर, अक्सनको लागि अन्तिम छनोटमा अन्य खेलाडी पर्न सकेनन् । आईपीएलको अक्सन चेन्नेईमा फेब्रुअरी १८ मा आयोजना हुनेछ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस