काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप ४०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा ४०९ जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५७८ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ५६ हजार १६१ स‌ंक्रमणमुक्त भएका छन् ।

आजको कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यससँगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनको संख्या एक हजार ८ सय ९९ पुगेको छ । नेपालमा हाल संक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ ।