काठमाडौं - नेकपा एमालेका सांसद योगेश भट्टराईले कानुन अनुसार नै केबुलकार बनाउने जिम्मा दिएको बिर्सन नहुने बताएका छन्।

आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसद भट्टराईले सो कुरा बताएका हुन्। उनले ताप्लेजुङको पाथीभरामा निर्माण हुन लागेको केबुलकारका कारण भइरहेको विवादबारे संसद्‌बाट ध्यानाकर्षण गराए।

उनले नेपालको कानुन अुनसार नै निजी क्षेत्रलाई अनुमति दिएको भन्दै उक्त विषय बिर्सन नहुने बताए।

सांसद भट्टराईले भने,‘ताप्लेजुङमा कुबुलकार निर्माणको विषयलाई लिएर विवाद र बहस चलिरहेको छ । केही दिनदेखि ताप्लेजुङमा दुःखद घटना घटिरहेको छ।’

उनले विरोध गर्ने अधिकार सबैलाई भए पनि त्यसको पनि शैली हुने जिकिर गरे। विकासका विरोधी कोही पनि नभएको भन्दै धर्म संस्कृतिलाई राजनीतिमा प्रवेश गराउन नसकेको उल्लेख गरे ।

शनिबार राति केबुलकारविरोधी समूहले गरेको मसाल जुलुसका कारण ताप्लेजुङ बजार अशान्त भएको भन्दै सुरक्षाकर्मीको संयमताले थप नोक्सानी हुनबाट जोगिएको बताए।