काठमाडौं,एजेन्सी - फरवार्ड केलियन एमबाप्पे चम्किँदा फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पीएसजी)ले सानदार जित निकालेको छ । गएराति भएको खेलमा पीएसजीले डिजोनलाई ४-० ले स्तब्ध बनाएको हो । 

खेलको छैटौ मिनेटमा मोइस किनको गोलबाट पीएसजीले सुरुवाती अग्रता लिएको थियो । ३२औं मिनेटमा एमबाप्पेले पेनाल्टीमार्फत गोल गर्दै पीएसजीको अग्रता दोब्बर पारे ।

५१ औं मिनेटमा एमबाप्पेले व्यक्तिगत दोस्रो गोल गर्दै पीएसजीको अग्रता ३-० को बनाए । त्यसपछि डानिलो पेरेइराले ८२औं मिनेटमा गोल गर्दै पीएसजीलाई ४-०को सानदार जित दिलाए ।

जितसँगै दोस्रो स्थानमा उक्लिएको पीएसजीले २७ खेलबाट ५७ अंक जोडेको छ । पराजित डिजोन १५ अंकसहित पुछारमा छ ।