काठमाडौं - नेकपा माओवादी केन्द्रले आज पनि पदाधिकारी टुंगो लगाउन सकेन ।

आज बिहान बसेको स्थायी कमिटी बैठकमा छलफल भएको तर पदाधिकारी अझै टुंगो नलागेको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए ।

प्रवक्ता महराले शनिबार दिउँसो १ बजे पुन: स्थायी समिति बैठक बस्ने बताए ।

माओवादीले कति सदस्यीय पदाधिकारी बनाउने भन्ने विषय पनि टुंगो लगाउन सकेको छैन ।  माओवादीले गत पुसमा महाधिवेशन गरे पनि अहिलेसम्म पदाधिकारी चयन गर्न सकेको छैन ।