काठमाडौं,एजेन्सी - बाहुबली फिल्मका एक चर्चित पात्र थिए ‘कटप्पा’ । उनलाइै सत्यराज भनेर कमै मानिसले चिन्छन् । कटप्पा भुमिकाले उनलाई चर्चाको शिखरमा पुर्याइदियो । सन् १९५४ मा भारतको तामिलनाडुमा जन्मेका सत्यराज तामिल फिल्मका एक खारिएका अभिनेता हुन् । 

उनले सरकारी कलेजबाट विज्ञानको पढाइ पुरा गरेका थिए । सन् १९७९ मा उनले महेश्वरीसँग विवाह गरेका थिए । उनका दुई सन्तानहरु रहेका छन् । उनले हालसम्म २०० भन्दा बढी फिल्महरुमा काम गसिकेका छन् । 

उनले तेलुगु, मलेआलम, हिन्दी तथा कनडा फिल्ममा काम गरिसकेका छन् ।  उनको पहिलो फिल्म भने सन् १९७८ मा आएको सत्तम इल कायल हो । सन् २०१५ मा आएको बाहुबली फिल्मले उनको करिअरलाई उचाइमा लैजाने काम गर्यो । सन् २०१७ मा रिलिज भएको बाहुबली २ ले उनको भुमिकालाई झनै माथि लैजाने काम गरेको छ । 

फिल्ममा कटप्पाको भुमिकामा देखिएका उनलाई लिएर दुई वर्षसम्म एउटै प्रश्न ‘कटप्पाले बाहुबलीलाई किन मारे ?’ फ्यानहरुको मुखमा झुण्डिनै रह्यो । उनको नेटवर्थ १० मिलियन डलर रहेको छ । उनको चेन्नइमा घर रहेको छ ।